बुधबार, बैशाख १६,२०८३ 09:58:21
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 09:58:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाडौँ र कास्कीमा ‘क्लिन स्वीप’ नजिक रास्वपा, पुराना दलका किल्ला भत्किने संकेत

Bizshala
काठमाडौँ र कास्कीमा ‘क्लिन स्वीप’ नजिक रास्वपा, पुराना दलका किल्ला भत्किने संकेत
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको पछिल्लो अवस्थाले काठमाडौँ र कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभूतपूर्व उभार देखाएको छ। प्रारम्भिक तथा पछिल्लो मतपरिणामअनुसार यी दुई जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाले स्पष्ट अग्रता कायम गर्दै ‘क्लिन स्वीप’ नजिक पुगेको देखिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

काठमाडौँका अधिकांश क्षेत्रमा रास्वपाको दबदबा

संघीय राजधानी काठमाडौँका १० मध्ये अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको वा जित नजिक पुगेको छ।

काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापाले ६ हजार ३३९ मत प्राप्त गरेका छन्।

काठमाडौँ–२ मा रास्वपाका सुनिल केसी १५ हजार ५३३ मतसहित अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका कांग्रेसका कविर शर्माले ४ हजार ७८२ मत पाएका छन्।

काठमाडौँ–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

काठमाडौँ–४ मा रास्वपाका पुकार बम २० हजार १७६ मतसहित ठूलो अन्तरले अगाडि छन्। कांग्रेसका सचिन तिमल्सेनाले ६ हजार ५८ मत पाएका छन् भने एमालेका राजन भट्टराई ४ हजार ७२९ मतसहित तेस्रो स्थानमा छन्।

काठमाडौँ–५ मा सस्मित पोखरेल २१ हजार ८९३ मतसहित फराकिलो अग्रतामा छन्। कांग्रेसका प्रदीप पौडेलले ६ हजार ६७५ मत पाएका छन्।

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण सबुज बानियाले ६ हजार ६४७ मत मात्रै प्राप्त गरेका छन्।

काठमाडौँ–७ मा गणेश पराजुली २१ हजार ७६६ मतसहित जित नजिक पुगेका छन्। एमालेका प्रकाश श्रेष्ठ ३ हजार १२२ मतसहित दोस्रो स्थानमा छन्।

काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी सुमन सायमीले ३ हजार २१७ मत मात्रै पाएका छन्।

काठमाडौँ–९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल २२ हजार ३७८ मतसहित ठूलो अन्तरले अगाडि छन्। कांग्रेसकी नानुमैया बास्तोलाले ३ हजार ७१३ मत प्राप्त गरेकी छन्।

काठमाडौँ–१० मा पनि रास्वपाका प्रदीप विष्ट ३० हजार १६६ मतसहित जित नजिक पुगेका छन्। कांग्रेसका हिमाल कार्कीले ७ हजार ४ मत प्राप्त गरेका छन्।

CG Motors
Garima Development Bank
IME remit

कास्कीका तीनै क्षेत्रमा पनि रास्वपाको अग्रता

पोखरा केन्द्रित कास्की जिल्लामा पनि रास्वपाको प्रभाव उल्लेख्य देखिएको छ। यहाँका तीनै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अगाडि छन्।

कास्की–१ मा खडकराज पौडेल (गणेश पौडेल) १२ हजार १७९ मतसहित अग्रता कायम गरेका छन्। एमालेका वैनबहादुर क्षेत्री ५ हजार ४०५ मतसहित दोस्रो स्थानमा छन्।

कास्की–२ मा उत्तमप्रसाद पौडेल २२ हजार १३९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेकी रश्मी आचार्य ५ हजार ९२६ मतसहित दोस्रो स्थानमा छिन्।

कास्की–३ मा वीना गुरुङ ३० हजार ३७१ मतसहित अगाडि छन्। कांग्रेसका मनोन गुरुङ १० हजार ७०२ मतसहित दोस्रो स्थानमा छन्।

नयाँ शक्तिको उभार

मतगणनाको यो अवस्थाले राजधानी काठमाडौँ र पर्यटकीय केन्द्र कास्कीमा रास्वपाको लहर देखिएको विश्लेषण गरिएको छ। यदि यही रुझान कायम रहेमा यी दुवै जिल्लामा रास्वपाले ऐतिहासिक ‘क्लिन स्वीप’ गर्ने सम्भावना बलियो देखिएको छ।

यो परिणामले नेपालको पारम्परिक राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन आउने संकेतसमेत दिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X