मंगलवार, श्रावण ५,२०८३ 10:28:27
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:28:27
Bizshala
Global IME Bank Limited

गगन डेञ्जर जोनमा, अमरेशले मतान्तर बढाउन थाले

गगन डेञ्जर जोनमा, अमरेशले मतान्तर बढाउन थाले
New Office

सर्लाही । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले निरन्तर अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक मतपरिणामअनुसार सिंहले ६ हजार २६४ मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले ३ हजार ६७१ मत प्राप्त गरेका छन्।

दुवै उम्मेदवारबीच हाल २ हजार ५९३ मतको अन्तर रहेको छ।

यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अनिस यादवले ८९४ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.