काठमाडौँ । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार विष्टले ३७ हजार ४६९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत मात्र प्राप्त गरेका छन्।
यससँगै विष्टले कार्कीलाई २९ हजार ३६९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
यसै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले ४ हजार ८६४ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।