शनिबार, फाल्गुन २३,२०८२ 06:02:25
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 06:02:25
Bizshala
Global IME Bank Limited

एमाले झिनो मतान्तरसहित १४ क्षेत्रमा अगाडि, अन्तिमसम्ममा उल्टिनसक्छ खेल

Hyundai Nepal
एमाले झिनो मतान्तरसहित १४ क्षेत्रमा अगाडि, अन्तिमसम्ममा  उल्टिनसक्छ खेल
Shivam Cement

काठमाण्डौ । देशभर रास्वपाको लहर चलेको समयमा प्रत्यक्षतर्फ हालसम्म एमालेले १४ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । तर, अग्रता लिएकामध्ये ९ वटा क्षेत्रमा निकटतम प्रतिस्पर्धीभन्दा एमाले उम्मेद्वारको मतान्तर निकै झिनो देखिएकोले परिणममा उलटफेर हुनसक्ने सम्भावना देखिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अग्रता लिएकामध्ये अधिकांशमा देखिएको झिनो मतान्तरलाई तोड्दै निकटतम प्रतिस्पर्धी अगाडि बढे भने एमालेलाई अझ ठूलो झट्का लाग्नसक्ने सम्भावना देखिन्छ ।  

हाल एमालेका उम्मेद्वारहरु अगाडि रहेका १४ क्षेत्रमध्ये १० वटामा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वार छन् । तीनवटा क्षेत्रमा रास्वपाले एमालेलाई पछ्याइरहेको छ भने एउटा क्षेत्रमा नेकपाले पछ्याइरहेको छ ।  

रास्वपाले पछ्याएका तीन क्षेत्रमध्ये २ क्षेत्रको मतान्तर अत्यन्त झिनो छ । देशव्यापी रुपमा चलेको लहरको अवस्था हेर्दा ती २ क्षेत्रमा जुनसुकै बेला रास्वपाले लिड लिनसक्ने देखिन्छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेकपा उम्मेद्वारले पछ्याइरहेको एक क्षेत्रमा समेत एमाले जुनसुकै बेला पछाडि पर्नसक्ने अवस्था देखिन्छ ।  

टेबलमा हेर्नुहोस् एमालेले अग्रता लिएका क्षेत्र र त्यहाँका निकटतम प्रतिस्पर्धीले ल्याएको शुक्रबार राति ११ः३० सम्मको मतपरिणामको सूचि 

S.N.उम्मेदवारउमेर/लिङ्गक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीदलप्रतिद्वन्द्वी मत
1मोहम्मद इश्तियाक राईपुरुष, ४६ वर्षबाँके–२14,060 (अग्रता)विवेककुमार श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी10,599
2गोकर्णराज विष्टपुरुष, ६० वर्षगुल्मी–२8,383 (अग्रता)भुवनप्रसाद श्रेष्ठनेपाली कांग्रेस7,853
3डम्बरबहादुर सिंहपुरुष, ६१ वर्षजाजरकोट–१6,253 (अग्रता)खड्कबहादुर बुढानेपाली कांग्रेस6,164
4नारायणप्रसाद आचार्यपुरुष, ५६ वर्षपाल्पा–१5,767 (अग्रता)सन्दीप रानानेपाली कांग्रेस4,942
5ऐनबहादुर महरपुरुष, ४१ वर्षबझाङ–१5,045 (अग्रता)प्रकाश रसाइली स्नेहीनेपाली कांग्रेस4,769
6दीपकबहादुर धामीपुरुष, ३२ वर्षडोटी–१4,876 (अग्रता)भरतबहादुर खड्कानेपाली कांग्रेस3,908
7प्रदीपकुमार कटुवाल क्षेत्री (केसी)पुरुष, ६३ वर्षसिन्धुली–१4,401 (अग्रता)उज्ज्वलप्रसाद बरालनेपाली कांग्रेस3,409
8लक्ष्मीप्रसाद पोखरेलपुरुष, ६३ वर्षदैलेख–२2,477 (अग्रता)दिक्पालकुमार शाहीनेपाली कांग्रेस2,002
9अस्मिता थापामहिला, ३० वर्षओखलढुंगा–१2,332 (अग्रता)विश्वराज पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी1,550
10खिमबहादुर थापापुरुष, ५७ वर्षस्याङ्जा–२2,043 (अग्रता)भागवतप्रकाश मल्लनेपाली कांग्रेस1,510
11यज्ञबहादुर बोगटीपुरुष, ५० वर्षअछाम–२1,539 (अग्रता)पुष्पबहादुर शाहनेपाली कांग्रेस1,059
12सूर्यबहादुर थापापुरुष, ५८ वर्षकैलाली–२1,288 (अग्रता)केपी खनालराष्ट्रिय स्वतन्त्र पार्टी1,229
13गणेश सिंह ठगुन्नापुरुष, ५७ वर्षदार्चुला–१683 (अग्रता)धर्मानन्द जोशीनेपाली कांग्रेस667
14रामचन्द्र मण्डलपुरुष, ५२ वर्षधनुषा–१665 (अग्रता)मातृकाप्रसाद यादवनेपाली कम्युनिस्ट पार्टी620
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.