सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) ले अग्रता कायम गर्दै मतान्तर बढाउन थालेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानका वडा नम्बर १ देखि ६ सम्मको १५ हजार ३७८ मत गणना सकिँदा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले ४ हजार ८०९ मत पाएकी छन्। यससँगै साम्पाङले १ हजार ८२ मतको अग्रता बनाएका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले १ हजार २९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम लिम्बूले ९६४ मत पाएका छन्। नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ८९५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।