आईतवार, आश्विन ४,२०८३ 07:46:03
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 07:46:03
Bizshala
Global IME Bank Limited

हार स्वीकार्दै रेणु दाहालको भनाइ: कामले मन जितेँ, मत जित्न सकिनँ

हार स्वीकार्दै रेणु दाहालको भनाइ: कामले मन जितेँ, मत जित्न सकिनँ
New Office

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन चितवन–३ मा पराजित भएपछि नेकपाकी उम्मेदवार रेणु दाहालले हार स्वीकार गर्दै जनताको मतलाई सम्मान गर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दाहालले आफूले काममार्फत जनताको मन जिते पनि मत जित्न नसकेको उल्लेख गरेकी छन्। उनले निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकी छन्।

Shivam Cement
Bizshala
CG Motors

दाहालले झण्डै ३० वर्षको आफ्नो राजनीतिक जीवनमध्ये करिब ९ वर्ष भरतपुर महानगरको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरेकी छन्। विकासका लागि जनताको पक्षमा नीति–नियम आवश्यक रहेको महसुस गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदको कार्यकाल बाँकी हुँदाहुँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले मत परिणाम आइसकेपछि जनताको अमूल्य मतलाई सम्मान गर्ने बताउँदै आफूलाई विश्वास गरेर मतदान गर्ने सबै मतदाताप्रति आभार व्यक्त गरेकी छन्। “यो सुनामीजस्तै लहरका बीच पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति म ऋणी छु,” उनले लेखेकी छन्।

Muktinath Bikas Bank Limited

दाहालले चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, मिडियाकर्मी तथा कलाकारहरूप्रति पनि धन्यवाद व्यक्त गरेकी छन्।

उनले आगामी दिनमा पनि चितवनवासीको हित, विकास र समृद्धिका लागि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै नयाँ निर्वाचित प्रतिनिधिले जनताको विश्वासअनुसार काम गर्ने अपेक्षा व्यक्त गरेकी छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.