सोमबार, श्रावण ४,२०८३ 09:27:29
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 09:27:29
Bizshala
Global IME Bank Limited

'भावी अर्थमन्त्री' डा. वाग्लेले निकाले शानदार जित

'भावी अर्थमन्त्री' डा. वाग्लेले निकाले शानदार जित
New Office

काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनअघि नै भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत भएका डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा शानदार जित हासिल गरेका छन् ।  

वाग्लेले तनहुँ क्षेत्रनम्बर १ बाट फराकिलो मतान्तरसहित शानदार जित हासिल गरेका हुन् । 

चुनावअघिको काठमाण्डौमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले पार्टीको उपसभापति समेत रहेका डा. वाग्लेलाई भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत गर्दै बजेटको तयारी सुरु गर्न भनेका थिए ।  

यसरी भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत गरिएका डा. वाग्लेले ३८ हजार ४० मतसहित जित निकालेका हुन् । उनले कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरसहित पराजित गरेका छन् । भट्टराईको १६ हजार २३१ मत मात्रै रह्यो ।  

यो क्षेत्रमा एमाले उम्मेद्वार भगवती न्यौपाने भने ५ हजार ८३० मतमा खुम्चिएकी छिन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.