काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली नागरिक र सरकारलाई बधाई दिएका छन् ।
फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले नेपालले लोकतान्त्रिक प्रक्रियामा हासिल गरेको यो उपलब्धिलाई महत्वपूर्ण ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन्।
मोदीले आफ्नो सन्देशमा नेपाली जनताले मतदानमार्फत लोकतान्त्रिक अधिकारको सक्रिय प्रयोग गरेको देख्दा आफूलाई खुसी लागेको बताएका छन्। उनले नेपालका नागरिकले लोकतन्त्रप्रति देखाएको प्रतिबद्धता प्रशंसनीय भएको उल्लेख गरेका छन्।
नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न भारत तयार रहेको पनि उनले बताएका छन्। दुई देशबीचको परम्परागत मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै शान्ति, विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न भारतले निरन्तर साथ दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।