मंगलवार, असार १६,२०८३ 09:56:07
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:56:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चितवन १ बाट हरि ढकाल शानदार मतसहित विजयी

Laxmi Sunrise Bank Limited
चितवन १ बाट हरि ढकाल शानदार मतसहित विजयी

चितवन । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन्।

अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरेका छन् भने बुर्लाकोटीले १३ हजार ३३ मत पाए। यससँगै ढकालले ४५ हजार १७५ मतको उल्लेख्य अग्रतासहित निर्वाचन जितेका छन्।

New Office
CG Motors
Garima Development Bank

ढकाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। त्यसबेला उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए। सो निर्वाचनमा ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए।

शनिबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार यस क्षेत्रबाट नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपाका कृष्ण पन्तले ४ हजार ८१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.