शनिबार, फाल्गुन २३,२०८२ 09:51:17
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 09:51:17
Bizshala
Global IME Bank Limited

६५५ मतमा सीमित भए ऋषि धमला, चुनाव हारे पनि पत्रकारितामा नफर्किने

Hyundai Nepal
६५५ मतमा सीमित भए ऋषि धमला, चुनाव हारे पनि पत्रकारितामा नफर्किने
Shivam Cement

काठमाण्डौ । यो पटकको संसदीय निर्वाचनको माहौल सुरु भएदेखि नै पत्रकार ऋषि धमला चर्चाको केन्द्रमा थिए । अन्य समयमा पनि नेताहरुलाई प्रश्न सोध्ने शैली लगायतका कारण उनी चर्चामै रहिरहन्थे । तर, यसपटक उनी आफैं पत्रकारिता छाडेर राजनीति गर्ने भन्दै रौतहटमा पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका थिए । उम्मेद्वारीपछि उनले मत माग्ने क्रममा प्रदर्शन गरेको शैली त झनै भाइरल नै भएको थियो । अनौठो र फरक शैलीले मतदाताको घरखेत, पसल पुगेर मत मागेका उनले राम्रै मत ल्याउने धेरैको आँकलन थियो । तर, मतदाताको रोजाई भने फरक देखियो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट आम जनता पार्टीबाट उम्मेद्वारी दिएका धमलाले मतगणनाका क्रममा अत्यन्त न्यून मत पाए ।

सो क्षेत्रबाट रास्वपा उम्मेद्वार गणेश पौडेल ३६ हजार ८७६ मतसहित विजयी हुँदा ऋषि धमलाले भने ६५५ मतमै चित्त बुझाउनुपर्यो ।  

सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत पाए ।

मतदाताको न्यून समर्थन पाए पनि ऋषि धमलाले अब आफू पत्रकारितामा नफर्किने घोषणा गरेका छन् । उनी रौतहटका जनताको दुःखसुखमा साथ दिएर अगाडि बढ्ने र अब सामाजिक सेवामा बढी सक्रिय हुने बताएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.