बुधबार, जेष्ठ ६,२०८३ 09:41:32
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 09:41:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समानुपातिक मतको अपडेट: रास्वपाको प्रतिशत घट्दै जाँदा कांग्रेस/एमाले बढाउँदै

Laxmi Sunrise Bank Limited
समानुपातिक मतको अपडेट: रास्वपाको प्रतिशत घट्दै जाँदा कांग्रेस/एमाले बढाउँदै
Shivam Cement

काठमाण्डौ । समानुपातिकतर्फको जारी मतगणनामा प्राप्त पछिल्लो परिणामअनुसार राष्टिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता कायमै राखेको छ । तर, उसको मत प्रतिशत भने निरन्तर घटिरहेको छ ।  

केहीबेरअघि प्राप्त ताजा अपडेटअनुसार समानुपातिकतर्फ ८ लाख २९ हजार ४२८ मत गणना हुँदा रास्वपाले ४ लाख २१ हजार ११ मत प्राप्त गरेको छ । यो भनेको ५०.७५ प्रतिशत हो । यसअघिको अपडेटमा रास्वपाले समानुपातिकतर्फ ५३ प्रतिशत हाराहारीमा मत पाएको थियो । सुरुवाती गणनामा भने ६२ प्रतिशतको रेञ्जमा मत प्राप्त भएको देखिएको थियो । 

Bizshala
New Office
CG Motors

कांग्रेसको मत भने क्रमशः बढिरहेको देखिएको छ । यसअघिको अपडेटमा कुल गणना भएको मतको १६ प्रतिशत हाराहारी मत पाएको कांग्रेसले अहिलेको अपडेटमा भने कांग्रेसले गणना भएको कुल मतमध्ये १७ प्रतिशत बढी प्राप्त गरेको छ । उसले अहिलेसम्म १ लाख ४३ हजार ६८६ मत पाएको छ ।  

एमालेको समानुपातिक मत प्रतिशत पनि बढिरहेको देखिन्छ । यसअघिसम्म १३ प्रतिशत हाराहारी मत देखिएकोमा अहिले भने कुल गणना भएको मतको १४ प्रतिशत मत एमालेले पाएको छ । पछिल्लो अपडेटअनुसार एमालेले १ लाख १५ हजार ५५९ मत प्राप्त गरेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

नेकपाको मत प्रतिशत पनि ह्वात्तै बढेको छ । अघिल्लो अपडेटअनुसार ५ प्रतिशत हाराहारी मात्र मत पाएको यो दलले अहिलेको अपडेटअनुसार चाहिँ ७ प्रतिशत मत पाएको छ । ५८ हजार २५५ मत नेकपाले हालसम्म पाएको छ ।  

राप्रपाको मत प्रतिशत पनि घटिरहेको देखिएको छ । यसअघिको अपडेटमा ४ प्रतिशत बढी मत पाएको राप्रपाले पछिल्लो अपडेट अनुसार ३.५ प्रतिशत मत पाएको छ ।  

श्रम संस्कृतिको मत प्रतिशत पनि घटिरहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X