काठमाण्डौ । रास्वपाले समानुपातिकतर्फको मत ५ लाख कटाएको छ ।
ताजा परिणामअनुसार ९ लाख ८७ हजार ७२६ मत गणना हुँदा रास्वपाले ५ लाख ५ हजार ८८५ मत प्राप्त गरेको हो । यो भनेको हालसम्म कुल गणना भएको मतको ५१.२१ प्रतिशत हो।
यस्तै, दोश्रो स्थानमा रहेको कांग्रेसले १ लाख ६८ हजार ५२६, तेश्रो स्थानमा रहेको एमालेले १ लाख ३४ हजार ५४५, चौथो स्थानमा रहेको नेकपाले ६८ हजार ८३१ र राप्रपाले ३७ हजार १३५ मत प्राप्त गरेको छ ।

