काठमाण्डौ । नेपालको सेयर बजारले आज नयाँ इतिहास रचेको छ ।
नेप्सेको इतिहासमा पहिलोपटक कारोबार खुलेको एकघण्टा ११ अर्ब हाराहारीको सेयर किनबेचको नयाँ इतिहास बनेको हो ।
आज बजार खुलेदेखि नै ठूलो भोल्युमको कारोबार देखिएको थियो । यो क्रमले अहिलेसम्म निरन्तरता पाउँदा १ घण्टामै ११ अर्बको कारोबार रोचक इतिहास बनेको हो ।
नेप्से परिसूचक भने अहिले घट्दो क्रममा छ । तर, ठूला लगानीकर्ताहरुको प्रवेशका कारण सुरुमा सानालाई अत्याएर कित्ता सोहोर्ने दाउको रुपमा यसलाई हेरिएको छ । ऐतिहासिक कारोबारले समेत बजारमा ठूला र बलिया लगानीकर्ताहरुको दमदार प्रवेश भएको देखाउँछ ।
रास्वपाको नेतृत्वमा एकल बहमुतको सरकार बन्ने निश्चित भएपछि र सो सरकार ५ वर्षसम्म रही नीतिगत स्थिरता समेत हुने भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । यही उत्साह सेयर बजारमा रकेर्ड राख्दै प्रतिबिम्बित भएको हो ।

