बुधबार, श्रावण २७,२०८३ 01:32:05
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:32:05
Bizshala
Global IME Bank Limited

मुकेश अम्बानीले इन्डियाको सबैभन्दा ठूलो आइपीओ ल्याउने, ड्राफ्ट दर्ता गर्ने तयारी

Prabhu Bank Limited
मुकेश अम्बानीले इन्डियाको सबैभन्दा ठूलो आइपीओ ल्याउने, ड्राफ्ट दर्ता गर्ने तयारी
New Office

काठमाण्डौ । भारतका सबैभन्दा धनाढ्य व्यवसायी मुकेश अम्बानीले इन्डियाको सबैभन्दा ठूलो आइपीओ ल्याउने तयारी गरेका छन् ।  

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानीले रिलायन्स इन्डस्ट्रिजकै सहायक कम्पनी जियो प्लेटफम्र्स (डिजिटल सेवा कम्पनी)को आइपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।  

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अम्बानीले आइपीओको लागि ड्राफ्ट समेत यसै महिनाभित्र दर्ता गर्न सक्नेछन् । भारतीय मिडिया रिर्पोटका अनुसार जियो प्लेटफम्र्सको मूल्यांकन करिब १७० अर्ब डलर हुन सक्ने बताइएको छ । 

भारतको पूँजीबजार निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)ले ठूला कम्पनीहरुको सूचीकरण सम्बन्धि नियममा पनि हालै परिवर्तन गरेको छ । यसअनुसार जियो प्लेटफम्र्सले कम्तीमा २.५ प्रतिशत हिस्सा सेयर बिक्री गर्न सक्ने अनुमान गरिएको छ ।  

यसबाट कम्पनीले करिब ४.३ अर्ब डलर अर्थात् ४० करोड भारु जुटाउन सक्नेछ । यो करिब दुई दशकपछि रिलायन्स इन्डस्ट्रिजको पहिलो ठूलो आइपीओ हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.