शुक्रबार, जेष्ठ १,२०८३ 12:07:03
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:07:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइक्यानको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
आइक्यानको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ । यो कार्यक्रम रोजगारीको लागि आवश्यक योग्यता अभिवृद्धि गर्ने, उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य सुदृढ बनाउने, संरचित करिअरका अवसर उपलब्ध गराउने तथा उम्मेदवारलाई व्यावसायिक क्षेत्रको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा उत्पादन तथा व्यापार, एकाउन्टिङ आउटसोर्सिङ, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय संस्था, पुँजी बजार तथा लगानी कम्पनीहरू लगायत विभिन्न उदीयमान क्षेत्रहरूको प्रतिनिधित्व गर्ने १८ प्रतिष्ठित रोजगारदाताको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको लागि ९२ उम्मेदवारले नाम दर्ता गराएका थिए, जसमा उनीहरूको उत्साह, तयारी र आफ्नो व्यावसायिक करिअर सुरु गर्ने दृढ प्रतिबद्धता प्रतिबिम्बित छ । संस्थाको यो प्रयासले अर्थपूर्ण अन्तरक्रियाका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको छ । यसमार्फत उम्मेदवारहरूले आफ्नो सीप प्रदर्शन गर्ने र रोजगारदाताले आफ्नो संस्थालाई सुदृढ बनाउन सक्षम प्रतिभा पहिचान गर्ने मौका पाएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो कार्यक्रमको सफल सञ्चालन संस्थाको व्यावसायिक विकास प्रवद्र्धन गर्ने तथा कर्पोरेट क्षेत्रसँग सुदृढ सहकार्य निर्माण गर्ने प्रतिबद्धताको झलक हो । 

यो ऐतिहासिक पहललाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सहभागी रोजगारदाता तथा उम्मेदवारलाई संस्थाले हार्दिक आभार व्यक्त गरेको छ । भविष्यमा हुने प्लेसमेन्ट कार्यक्रमहरूमार्फत आकांक्षी पेशाकर्मीहरूको करिअर विकासलाई अझ सशक्त बनाउने अपेक्षा आइक्यानको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.