काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुल्ला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुल्ला गर्न इरानलाई चेतावनी दिएका हुन् ।
साथै इरानले हर्मुज खुल्ला नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन् ।

