बुधबार, आश्विन १४,२०८३ 04:00:38
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:00:38
Bizshala
Global IME Bank Limited

आरविवि मर्चेण्टको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

Bizshala
आरविवि मर्चेण्टको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विभिन्न कलेजहरुमा वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको छ ।  

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गर्नका लागि नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै वित्तीय ज्ञान, सिप र मनोवृतिको विकास गर्ने उद्देश्यले ‘स्मार्ट मनि टक्स’  भन्ने नाराका साथ ग्लोबल मनि विक चैत्र २ गते देखि ८ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यही अवसरमा आरविवि मर्चेन्टले चैत्र ८ गते नवोदित कलेज, सामाखुसी, काठमाडौंमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्यार्थीहरु तथा प्राध्यापकहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त सचेतनामूलक कार्यक्रममा कलेजका प्राध्यापक लगायत अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, सहायक प्रबन्धक श्री सृजना बास्कोटा र बरिष्ठ अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए ।  

साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ सृजना बास्कोटा तथा राम नारायण तिवारीले दिएका थिए । ग्लोबल मनि विकको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्ने र सहभागीहरुले सेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित भएको कम्पनीले विश्वास गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.