शनिबार, आश्विन ३,२०८३ 09:07:04
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 09:07:04
Bizshala
Global IME Bank Limited

एफएनसीसीआई निर्वाचनका लागि सौन्दर्यविद् सुष्मा महराको उम्मेदवारी घोषणा

एफएनसीसीआई निर्वाचनका लागि सौन्दर्यविद् सुष्मा महराको उम्मेदवारी घोषणा
New Office

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् ।

उनको नेतृत्वमा विकसित उक्त नेटवर्कले महिला उद्यमशीलता प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएको मानिन्छ । सौन्दर्य व्यवसायसँगै उनले विभिन्न उद्योग–व्यवसायमा समेत लगानी विस्तार गर्दै बहुआयामिक उद्यमीको रूपमा आफूलाई स्थापित गरिसकेकी छिन् ।

Shivam Cement
Bizshala
CG Motors

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी महरा हाल सचिवको महत्वपूर्ण भूमिकामा क्रियाशील छिन् । यससँगै विभिन्न पेसागत तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी महराको अनुभव निकै सशक्त छ, जसले संस्थागत कार्यप्रणाली र नीतिगत प्रक्रियामा उनको पकड देखाउँछ ।

उम्मेदवारी घोषणा गर्दै महराले ‘सशक्त महिला नेतृत्व र उद्यमशीलताको आधार’ भन्ने मूल नारालाई अघि सारेकी छिन् । उनले महिला सहभागिता विस्तार, साना तथा मझौला उद्यम (एसएमई) को सुदृढीकरण र सेवा क्षेत्रको औपचारिकीकरणलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएकी छिन् ।

Muktinath Bikas Bank Limited

उद्योग–वाणिज्य क्षेत्रमा महिला नेतृत्वको उपस्थिति अझै सीमित रहेको सन्दर्भमा महराको उम्मेदवारीलाई धेरैले सकारात्मक हस्तक्षेपका रूपमा लिएका छन् । विशेषगरी आर्थिक आत्मनिर्भरता, सीप–आधारित रोजगारी र महिला उद्यमी सशक्तिकरणलाई जोड दिने एजेन्डाले आगामी निर्वाचनमा नयाँ विमर्श सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

आगामी २९ र ३० गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभामार्फत नयाँ नेतृत्व चयन हुनेछ ।

भावी नेतृत्वका लागि संघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र महासंघको मौजुदा व्यवस्था अनुसार ‘वेटिङ प्रेजिडेन्ट’ समेत रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छुट्टाछुट्टै समूह निर्माण गरी भावी नेतृत्वका लागि दाबी अघि सारेका छन् ।

ढकाल समूहबाट हेमराजले वरिष्ठ उपाध्यक्ष, नरेश लाल श्रेष्ठले वस्तुगत उपाध्यक्ष, ज्योत्सना श्रेष्ठले एसोसिएट उपाध्यक्ष, उमेश डालमिया र कल्पना गैरेले जिल्ला नगर उपाध्यक्ष तथा कमला श्रेष्ठले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सोही समूहबाट सुष्मा महराले केन्द्रीय कार्यकारिणी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.