शनिबार, श्रावण २,२०८३ 03:37:17
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:37:17
Bizshala
Global IME Bank Limited

'अब व्यापारी थुनिँदैनन्' : अर्थमन्त्री वाग्लेको ठूलो घोषणा

'अब व्यापारी थुनिँदैनन्' : अर्थमन्त्री वाग्लेको ठूलो घोषणा
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक भेट गरेका छन् । गत शुक्रबार सपथ ग्रहण गरेका वाग्लेले सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सहज वातावरण दिने प्रतिबद्धता जनाएका छन् । उनले भने, “म घुस खान आएको होइन, कसैलाई घुस खान पनि दिन्न । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ ।” उनले कसैले पनि काम गराउन घुस ख्वाउनु नपर्ने, कामकाजमा लाइन बस्नु नपर्ने र व्यापारीहरू थुनिनु नपर्ने स्पष्ट पारेका छन् ।

वाग्लेले राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई ‘सहयात्री’ को रूपमा परिभाषित गर्दै भने, “निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूका सहयात्री हौँ ।”

आर्थिक अनियमितताको विषयमा उनले महत्वपूर्ण नीतिगत घोषणा गरेका छन् । “आर्थिक बेइमानीमा हामी अब आर्थिक जरिवानामा जान्छौँ, उद्योगी व्यापारी थुनिनु पर्दैन,” उनले भने । तर नियोजित बेइमानी गर्नेलाई भने निर्मम कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

यो भेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । अर्थमन्त्री वाग्लेको यो अभिव्यक्तिले व्यवसायीहरूमा राहत र उत्साह जगाएको देखिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.