बिहीबार, बैशाख १०,२०८३ 10:17:37
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:17:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांसद डीपी अर्याल सभामुखमा निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

Bizshala
सांसद डीपी अर्याल सभामुखमा निर्विरोध, औपचारिक घोषणा हुन बाँकी
Shivam Cement

काठमाण्डौ । सांसद डीपी अर्याल सभामुख पदका लागि निर्विरोध निर्वाचित भएका छन्, यद्यपि उनको औपचारिक घोषणा भने हुन बाँकी छ ।

आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सो अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार, यदि सभामुख पदमा एक जनामात्र उम्मेदवार हुन्छ भने प्रतिनिधिसभामा समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले उक्त उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ । यस्तो घोषणा अब बस्ने प्रतिनिधिसभाको बैठकमा गरिनेछ, जुन आगामी आइतबारका लागि तय गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

सभामुख चयन भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ ।

संसद् सचिवालयका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ । तर एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि हुन सक्ने व्यवस्था रहेको छ ।

हालसम्म उपसभामुखको विषयमा कुनै ठोस छलफल भएको छैन । प्रतिनिधिसभामा रास्वपासहित ६ वटा दलको उपस्थिति छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.