सोमबार, जेष्ठ ४,२०८३ 04:15:47
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:15:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्री स्वर्णिम वाग्लेको कडाइ, सरकारी इन्धन सुविधामा ठूलो कैंची

Laxmi Sunrise Bank Limited
अर्थमन्त्री स्वर्णिम वाग्लेको कडाइ, सरकारी इन्धन सुविधामा ठूलो कैंची
Shivam Cement

काठमाण्डौ । इन्धन खर्च नियन्त्रण गर्दै सार्वजनिक खर्चमा कडाइ ल्याउने निर्णयस्वरूप अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीका लागि उपलब्ध इन्धन सुविधा घटाएको छ ।

स्वर्णिम वाग्ले नेतृत्वको मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति दबाब र राजस्व संकलन अपेक्षाअनुसार नभएको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।

Bizshala
New Office
CG Motors

आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गत ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ संशोधन गरिएको हो । उक्त संशोधनलाई मन्त्री वाग्लेले सोमबार स्वीकृति दिएका हुन् ।

नयाँ व्यवस्थाअनुसार उच्च पदस्थ कर्मचारीको इन्धन सुविधा उल्लेख्य रूपमा घटाइएको छ । यसअघि मासिक १२५ लिटर पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका अधिकारीले अब ७० लिटर मात्र पाउनेछन् । त्यस्तै, १०० लिटर सुविधा पाउँदै आएका सहसचिवहरूका लागि सीमा घटाएर ५० लिटर कायम गरिएको छ । मन्त्री तथा संवैधानिक पदाधिकारीको हकमा भने पुरानै व्यवस्था यथावत रहनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

केन्द्रीय कार्यालयका सवारी साधनका लागि उपलब्ध इन्धन पनि आधाभन्दा बढी घटाइएको छ । ३० जना कर्मचारीसम्म भएका कार्यालयले पाउँदै आएको ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल घटाएर अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेलमा सीमित गरिएको छ । यही मापदण्ड थप कर्मचारी भएका कार्यालयहरूमा पनि लागू हुने गरी पुनः निर्धारण गरिएको छ ।

त्यसैगरी, मोटरसाइकल तथा अन्य दुई पांग्रे सवारी साधनका लागि दिइने मासिक पेट्रोल सुविधा पनि कटौती गरिएको छ । यसअघि १२ लिटर पाउँदै आएका कर्मचारीले अब अधिकतम ८ लिटर मात्र पाउनेछन् ।

सरकारले इन्धन खर्चमा कडाइ गर्दै समग्र बजेट व्यवस्थापनलाई अनुशासित बनाउने रणनीतिअनुसार यो निर्णय लिएको बताइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.