बुधबार, असार १०,२०८३ 03:04:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:04:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–ईरान युद्धविरामको घोषणाप्रति किन मौन छ इजरायल ?

Laxmi Sunrise Bank Limited
अमेरिका–ईरान युद्धविरामको घोषणाप्रति किन मौन छ इजरायल ?

काठमाण्डौ । अमेरिका र ईरानबीच युद्धविरामको घोषणा गरिए पनि यस विषयमा इजरायलको आधिकारिक धारणा अझै सार्वजनिक भएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको निर्णयबारे संकेत गरेपछि पनि यसमा इजरायलको सहमति रहेको वा नरहेको स्पष्ट हुन सकेको छैन।

यसैबीच, पाकिस्तानको प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेबनानमा पनि युद्धविराम लागू हुने जानकारी दिएका छन्। तर, लेबनानमा तैनाथ इजरायली सेना भने हिज्बुल्लाहको खतरा समाप्त नभएसम्म त्यहाँबाट नहट्ने अडानमा रहेको छ।

New Office
CG Motors
Garima Development Bank

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्हुले यस युद्धविरामलाई अमेरिका र ईरानले जस्तै ‘विजय’ का रूपमा प्रस्तुत गर्ने सम्भावना कम देखिएको छ। फेब्रुअरी २८ मा सैन्य अभियान सुरु गर्दै उनले ईरानको आयतुल्लाह नेतृत्वलाई समाप्त गर्ने लक्ष्य रहेको र आवश्यक भएसम्म अभियान जारी रहने बताएका थिए।

हालको अवस्थामा ईरानको सैन्य क्षमता पूर्ण रूपमा समाप्त भइसकेको छैन र त्यहाँको शासन संरचना यथावत् रहेको बताइएको छ। यसैबीच, जरुशलेम क्षेत्रमा मिसाइल आक्रमणको चेतावनी र विस्फोटका आवाजहरू सुनिनुका साथै इजरायल डिफेन्स फोर्सले ईरानबाट केही मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्लेषकहरूका अनुसार, यदि युद्ध डोनाल्ड ट्रम्पले उल्लेख गरेको १० बुँदे प्रस्ताव अनुसार टुंगिन्छ भने यसलाई ईरानको रणनीतिक जितका रूपमा हेरिन सक्छ।

यता, नेतान्हुको मन्त्रिपरिषद्का केही कडा रुखका सदस्यहरूले युद्धविराम स्वीकार गर्न अस्वीकार गर्ने सम्भावना पनि रहेको छ, विशेषतः यदि यसले लेबनानलाई समेट्छ भने। यस्तो अवस्था आगामी चुनावी वर्षमा नेतन्याहूका लागि थप राजनीतिक चुनौती बन्न सक्ने आँकलन गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.