काठमाण्डौ । लेबनानका प्रधानमन्त्री नवाज सलमानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग टेलिफोन संवाद गर्दै लेबनानमाथि भइरहेको इजरायली हमलालाई रोक्न सहयोग मागेका छन्।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त वार्तामा दुवै नेताबीच क्षेत्रीय सुरक्षा अवस्था र बढ्दो तनावबारे छलफल भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री शरीफले इजरायलको आक्रामक कदमको कडा शब्दमा निन्दा गरेका छन्।
जारी विज्ञप्तिमा प्रधानमन्त्री सलामले लेबनान र त्यहाँका नागरिकलाई लक्षित गरी भइरहेका हमलाहरू तत्काल रोक्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै पाकिस्तानसँग समर्थनको औपचारिक आग्रह गरेका छन्।
यसैबीच, पाकिस्तानले यसअघि इरान–अमेरिका युद्धविराममा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिसकेको पृष्ठभूमिमा यस घटनालाई पनि अन्तर्राष्ट्रिय कूटनीतिक पहलमार्फत समाधान गर्न सकिने अपेक्षा गरिएको छ।

