बुधबार, असार १०,२०८३ 08:28:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:28:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोका–कोला नेपालद्वारा फिफा विश्वकप २०२६ अभियान शुभारम्भ

Laxmi Sunrise Bank Limited
कोका–कोला नेपालद्वारा फिफा विश्वकप २०२६ अभियान शुभारम्भ

काठमाण्डौ । कोका–कोला नेपालले बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ लक्षित विशेष अभियान औपचारिक रूपमा शुभारम्भ गरेको छ। राजधानीमा आयोजित एक विशेष कार्यक्रममा खेलकुद तथा मनोरञ्जन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा कम्पनीले आफ्नो नयाँ ब्रान्ड एम्बासडरको घोषणा गर्नुका साथै विश्वकपसँग सम्बन्धित अडियो–भिजुअल सामग्री सार्वजनिक गरेको थियो। साथै, छिट्टै बजारमा उपलब्ध हुने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि प्रस्तुत गरिएको थियो।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले उक्त अभियानलाई केवल खेलकुदको उत्सवमा सीमित नराखी अन्तर्राष्ट्रिय फुटबलको लोकप्रियतालाई नेपाली उपभोक्ताको जीवनशैलीसँग जोड्ने प्रयासका रूपमा व्याख्या गरे। उनले विशेष प्याकेजिङ, विभिन्न सहभागितामूलक गतिविधि तथा आकर्षक उपहारमार्फत उपभोक्तालाई स्मरणीय अनुभव प्रदान गरिने विश्वास व्यक्त गरे।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदिप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडरका रूपमा घोषणा गरिएको थियो। उक्त अवसरमा उनले कम्पनीसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै आभार प्रकट गरे।

त्यसैगरी, अभियानका प्रमुख अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जन विष्ट र अञ्जना राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि प्रस्तुत गरिएको थियो। उनीहरूले फुटबलले सिर्जना गर्ने उत्साह र सामूहिक खुसीबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रमको अन्त्यमा विश्वकप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ सार्वजनिक गर्नुका साथै आधिकारिक एन्थेम, टेलिभिजन विज्ञापन (टिभीसी) तथा अन्य प्रचार सामग्री प्रदर्शन गरिएको थियो।

कोका–कोला र फिफाबीचको सहकार्य विश्व खेलकुदकै सबैभन्दा दीर्घकालीन साझेदारीमध्ये एक मानिन्छ। उक्त सहकार्य सन् १९७४ मा प्रारम्भ भई सन् १९७८ देखि कोका–कोला फिफा विश्वकपको आधिकारिक प्रायोजकका रूपमा निरन्तर रहँदै आएको छ। नेपालमा समेत कम्पनी पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको छ।

कम्पनीका अनुसार यस अभियानको प्रमुख उद्देश्य विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग सशक्त रूपमा जोड्नु रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.