काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ६९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८१३३.७८ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा संस्थाले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ७२.२० प्रतिशतले बढेको छ । संस्थाले ८५ करोड ४० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले ४९ करोड ५९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै अघिल्लो आवमा ६८ करोड ३३ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ४० लाख ३१ हजार रुपैयाँले धनात्मक बनेको छ ।
यस्तै संस्थाको खुद सञ्चालन आम्दानी ८२ करोड ३९ लाख र सञ्चालन मुनाफा १५ करोड ९० लाख रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङ ३२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ । रिजर्भको आकार भने ७९ करोड ९४ लाखले धनात्मक रहेको छ ।
संस्थाले समीक्षा अवधिसम्ममा ग्राहकहरुबाट २ अर्ब ८४ करोड रुपैयाँबराबरको निक्षेप संलकन र १९ अर्ब ७२ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक बनेको छ।
यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १३.५५ प्रतिशतबाट बढेर १६.५९ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४३.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.१९ गुणा र तरलता अनुपात १९.०४ प्रतिशत कायम छ ।

