बिहीबार, बैशाख ३,२०८३ 11:20:25
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 11:20:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध १०.५४ करोडको भ्रष्टाचार मुद्दा, आयभन्दा बढी सम्पत्ति आर्जनको आरोप

Bizshala
प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध १०.५४ करोडको भ्रष्टाचार मुद्दा, आयभन्दा बढी सम्पत्ति आर्जनको आरोप
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएसँगै सार्वजनिक पदमा पारदर्शिता र उत्तरदायित्वको विषय फेरि चर्चामा आएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अवधिको आर्थिक गतिविधि विश्लेषणपछि तिवारीको आय–व्ययबीच ठूलो अन्तर देखिएको निष्कर्ष निकालेको छ। आयोगका अनुसार २०४४ भदौ १९ देखि २०७८ वैशाख ९ सम्मको अवधिमा तिवारीले करिब १४ करोड ५१ लाख रुपैयाँ वैधानिक आम्दानी गरेका छन्। तर सोही अवधिमा उनको खर्च तथा लगानी २५ करोडभन्दा बढी देखिएको छ, जसले स्रोत नखुलेको ठूलो रकमको संकेत गर्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस आधारमा आयोगले करिब १० करोड ५४ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत मुद्दा दायर गरेको हो। आयोगले सार्वजनिक पदको दुरुपयोगमार्फत सम्पत्ति आर्जन गरिएको दाबी गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

मुद्दामा तिवारीका परिवारका सदस्यहरूलाई पनि समेटिएको छ। उनकी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीलाई प्रतिवादी बनाउँदै विशेष अदालत मा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.