काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडबाट जारी भएको अविमोच्य असिञ्चति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकबाट जारी भएको रु.१०० अंकित दरका कुल ३ करोड ५० लाख कित्ता भएको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असिञ्चति अग्राधिकार सेयर’ वैशाख ९ गते सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब वैशाख १० गतेदेखि उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । यद्यपी यस्तो सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुने गर्छ ।

