काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा ग्वार्कोस्थित होटल रोयल तुलिपमा आयोजना हुने भएको छ।
महासंघले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार साधारण सभा वैशाख २१ सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम रोयल टुलिप होटलमा हुने तथा निर्वाचनसम्बन्धी कार्यक्रम वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने जनाइएको छ।
यसअघि चैत २९ र ३० गतेका लागि निर्धारण गरिएको साधारण सभा उच्च अदालत पाटन को अन्तरिम आदेशपछि स्थगित भएको थियो।
त्यसपछि चैत २७ गते बसेको पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको थियो, जसलाई वैशाख ९ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।