आईतवार, असार १४,२०८३ 06:45:25
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:45:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ ‘ड्राइभर सेक्टर’बाट अर्थतन्त्र उछाल्ने योजना: ७% वृद्धि लक्ष्य सार्वजनिक

Laxmi Sunrise Bank Limited
४ ‘ड्राइभर सेक्टर’बाट अर्थतन्त्र उछाल्ने योजना: ७% वृद्धि लक्ष्य सार्वजनिक

काठमाण्डौ । सरकारले मुलुकको आर्थिक रूपान्तरणका लागि चारवटा मुख्य संवाहक (ड्राइभर) क्षेत्र पहिचान गर्दै उच्च आर्थिक वृद्धिको लक्ष्यसहित ठोस रोडम्याप सार्वजनिक गरेको छ । 

अर्थ मन्त्रालयले जारी गरेको श्वेतपत्र (स्थिति पत्र) अनुसार ऊर्जा, कृषि–उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा अघि सारिएको हो ।

New Office
CG Motors
Garima Development Bank

सरकारले आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै ५–७ वर्षभित्र प्रति व्यक्ति आय करिब ३ हजार अमेरिकी डलर पुर्‍याउने तथा अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक लैजाने लक्ष्य लिएको छ । यसमार्फत नेपाललाई ससम्मान मध्यम-आय प्राप्त मुलुकमा स्तरोन्नति गर्ने सरकारको रणनीति छ ।

ऊर्जा क्षेत्रलाई आर्थिक वृद्धिको ‘गेम चेन्जर’ का रूपमा प्रस्तुत गर्दै ५ वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने र रणनीतिक परियोजनालाई तीव्रता दिने योजनाले ऊर्जा निर्यात र औद्योगिक विस्तारमार्फत निजी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायीकरणतर्फ लैजाँदै उद्योग र पर्यटनसँग जोडेर उत्पादनमूलक रोजगारी सिर्जना गर्ने रणनीति अघि सारिएको छ । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै आय वृद्धि गर्ने लक्ष्य सरकारको छ ।

पर्यटन क्षेत्रतर्फ गुणस्तरीय पूर्वाधार, सेवा सुधार र आवागमन सहजतामार्फत उच्च मूल्यका पर्यटक आकर्षित गरी आय र रोजगारी दुवै बढाउने योजना समेटिएको छ ।

त्यसैगरी, सूचना प्रविधि र कृत्रिम बौद्धिकतालाई नयाँ आर्थिक ‘ड्राइभर’ का रूपमा अघि सार्दै डिजिटल अर्थतन्त्र विस्तार गर्ने नीति लिइएको छ । यसले उत्पादन, उत्पादकत्व, निर्यात र रोजगारीमा नयाँ उछाल ल्याउने अपेक्षा गरिएको छ ।

सरकारले यी चार क्षेत्रलाई समन्वयात्मक रूपमा अघि बढाउँदै अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गर्ने स्पष्ट संकेत दिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.