बुधबार, जेष्ठ ६,२०८३ 02:39:31
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:39:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एडिडासले आर्जन गर्यो अपेक्षा गरेभन्दा बढी नाफा, बिक्रीमा उल्लेख्य वृद्धि

Laxmi Sunrise Bank Limited
एडिडासले आर्जन गर्यो अपेक्षा गरेभन्दा बढी नाफा, बिक्रीमा उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । जर्मन खेल सामग्री निर्माता कम्पनी एडिडासले २०२६ को पहिलो त्रैमासमा अपेक्षाभन्दा राम्रो सञ्चालन नाफा र बिक्री वृद्धि भएको जनाएको छ । कम्पनीले चुनौतीपूर्ण र अत्यधिक मूल्य कटौती भएको खुद्रा बजारको अवस्थाका बाबजुद पनि बलियो प्रदर्शन गरेको जनाएको छ।

एडिडासका प्रमुख कार्यकारी अधिकृत ब्योर्न गुल्डेनका अनुसार विशेष गरी स्निकर्स बजारमा अत्यधिक प्रतिस्पर्धा र मूल्य दबाब भए पनि कम्पनीले स्थिर नतिजा हासिल गर्न सफल भएको हो।

यस अवधिमा कम्पनीको बिक्री १४ प्रतिशतले वृद्धि भई ६.६ अर्ब युरो पुगेको छ भने सञ्चालन नाफा १६ प्रतिशतले बढेर ७०५ मिलियन युरोमा पुगेको छ । जुन विश्लेषकहरूको अपेक्षाभन्दा उच्च हो।

Bizshala
New Office
CG Motors

कम्पनीले आफ्नो सन् २०२६ को वार्षिक लक्ष्यलाई यथावत राख्दै उच्च एकल अंकको बिक्री वृद्धि र करिब २.३ अर्ब युरो सञ्चालन नाफाको अनुमान कायम राखेको छ।

विशेषगरी रनिङ सु को बिक्री १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। साथै, कम्पनीले फुटबल जर्सीको माग पनि बढेको छ । आगामी फिफा विश्वकप २०२६ नजिकिएसँगै कम्पनीको फुटबलको जर्सीको माग बढेको जनाइएको छ । यद्यपि, कम्पनीले आपूर्ति श्रृंखला र ढुवानीमा केही समस्या भोग्नु परेको जनाएको छ।

एडिडासले आफ्नो अनलाइन बिक्री २५ प्रतिशत र आफ्नै स्टोर बिक्री १९ प्रतिशतले बढेको जानकारी दिएको छ । यस्तोमा थोक बिक्री ८ प्रतिशतले वृद्धि भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यस अवधिमा जुत्ताको समग्र वृद्धि ४ प्रतिशत मात्र रहेको छ । साम्बा र गेजीले जस्ता लोकप्रिय मोडेलहरूको माग अघिल्लो वर्षको तुलनामा सुस्त भएको छ। तर, पहिरनको बिक्री ३१ प्रतिशतले उल्लेखनीय रूपमा वृद्धि भएको छ।

कम्पनीले अमेरिकी डलरको तुलनामा युरो बलियो हुँदा करिब ३५० मिलियन युरो बराबरको नकारात्मक असर परेको समेत जनाएको छ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X