काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।
प्रवक्ता शाक्यले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट उक्त अध्यादेश जारी भएको जानकारी दिए ।

