बिहीबार, जेष्ठ ७,२०८३ 04:28:42
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 04:28:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

व्यवसायी आतङ्कित भइरहेको बेला अर्थमन्त्रीको कडा अडान: "उद्योगको नाममा अपराध गर्नेलाई छाडिन्न"

Laxmi Sunrise Bank Limited
व्यवसायी आतङ्कित भइरहेको बेला अर्थमन्त्रीको कडा अडान: "उद्योगको नाममा अपराध गर्नेलाई छाडिन्न"
Shivam Cement

काठमाण्डौ । हाल विभिन्न अनुसन्धान र कारबाहीका कारण निजी क्षेत्रका केही व्यवसायीहरू आतङ्कित भइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्पष्ट सन्देश दिएका छन्: उद्योग तथा व्यवसायको नाममा आपराधिक गतिविधि गर्ने कसैलाई पनि छुट दिइने छैन।

Bizshala
New Office
CG Motors

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बजेटपूर्व आयोजना गरेको छलफल कार्यक्रममा भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै उनले वैध रूपमा व्यवसाय सञ्चालन गर्नेहरूलाई डराउनुपर्ने कुनै कारण नरहेको तर गलत काम गर्नेहरूलाई जोगाउने प्रयास नगर्न चेतावनी दिए।

“गल्ती नभएका र विगतमा कुनै अनुसन्धानमा नपरेका उद्योगी–व्यवसायी डराउनु पर्दैन,” उनले भने, “तर उद्योगी व्यवसायीको नाममा आपराधिक काम गर्नेहरूलाई केही गर्न सकिँदैन भन्ने सोच गलत हो।”

उनले ‘साथी बचाउने’ नाममा अपराधीलाई संरक्षण गर्न खोज्ने प्रवृत्तिमाथि पनि कडा टिप्पणी गरे। “साथीहरूलाई बचाउने नाममा अपराधीहरूलाई जोगाउन कसैलाई पनि नआउनुहोला,” मन्त्री वाग्लेले स्पष्ट पारे।

Garima Development Bank
Shivam Cement
IME remit

अर्थमन्त्रीका अनुसार उद्योग र व्यवसायको आवरणमा हुने गैरकानुनी गतिविधिलाई सरकारले अब सहन गर्ने छैन। निजी क्षेत्रको नाममा गलत काम गर्ने जो कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने उनको अडान छ।

व्यवसायिक वातावरणप्रति बढ्दो चिन्ता देखिएको सन्दर्भमा मन्त्री वाग्लेले स्वच्छ, पारदर्शी र जिम्मेवार व्यवसाय सञ्चालनमा सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नियमविपरीत गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.