काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । ढकालले आज पार्टी कार्यालय बनस्थलीमा पार्टीका सभापति रवि लामिछानेसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
रास्वपा केन्द्रीय समितिको गत गत वैशाख ७ गते बसेको बैठकले सचिवालय सदस्य थप गरेको थियो । जसपश्चात रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।