बुधबार, असार १०,२०८३ 11:08:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:08:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निजी क्षेत्रमा त्रासबीच अर्थमन्त्रीको स्पष्ट सन्देश: ढुक्क भएर काम गर्नुस्

Laxmi Sunrise Bank Limited
निजी क्षेत्रमा त्रासबीच अर्थमन्त्रीको स्पष्ट सन्देश: ढुक्क भएर काम गर्नुस्

काठमाण्डौं । पछिल्ला दिनमा केही व्यवसायीमाथि अनुसन्धान र पक्राउका घटनापछि निजी क्षेत्रमा देखिएको असहजता बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभामा सोमबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले अनावश्यक डर वा संशय लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

New Office
CG Motors
Garima Development Bank

उनले भने, “अनावश्यक ढंगले संशय हुनुपर्दैन। धरपकड हुन्छ भन्ने सोच्नु पर्दैन।  

अहिले नयाँ अनुसन्धान होइन, विगतमा राजनीतिक प्रभावले रोकिएका पुराना फाइलहरू अघि बढाइएका मात्र हुन्। त्यसैले अनावश्यक डर लिनु आवश्यक छैन।”

तर, व्यवसायको आवरणमा गैरकानूनी गतिविधि भए कानूनी दायरामा ल्याइने उनले स्पष्ट चेतावनी पनि दिए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इमान्दार व्यवसायीलाई निर्भय भएर आफ्नो काम अघि बढाउन उनले आग्रह गरे।

अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको भन्दै सरकार–निजी क्षेत्र सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए।

“देश विकास गर्न निजी क्षेत्र बिना सम्भव छैन, तपाईंहरूको सक्रियता आवश्यक छ,” उनले भने।

उनले आगामी बजेट निर्माण प्रक्रिया जारी रहेको उल्लेख गर्दै चुनावी घोषणापत्रमा रहेका प्राथमिकतालाई समेत बजेटमा समेटिने जानकारी दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.