बिहीबार, आश्विन १,२०८३ 09:29:47
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:29:47
Bizshala
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफद्वारा कालिकोटका विपद् प्रभावितलाई कम्मल वितरण

सानिमा रिलायन्स लाइफद्वारा कालिकोटका विपद् प्रभावितलाई कम्मल वितरण
New Office

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा विपद् प्रभावित घरपरिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले अविरल वर्षा र आगलागीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याएको हो।

कम्पनीका अनुसार २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको लगातार वर्षाका कारण क्षति पुगेका शुभ कालिका गाउँपालिका वडा नं. ७ र ८, महावै गाउँपालिका वडा नं. ५ र ६, खाँडाचक्र नगरपालिका वडा नं. १ र ५ तथा तिलागुफा नगरपालिका वडा नं. ७ र १० का घरपरिवारलाई राहत वितरण गरिएको हो। साथै, तिलागुफा नगरपालिका वडा नं. ५ र ६ तथा खाँडाचक्र नगरपालिका वडा नं. १० का आगलागी पीडितलाई समेत समेट्दै कुल ४३ घरपरिवारलाई कम्मल उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाका प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी पीडितहरूले प्राप्त सहयोगप्रति खुशी र सन्तुष्टि व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुगेर सेवा दिएकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाएको छ। नाफामुखी व्यापारसँगै सामाजिक हितलाई समान रूपमा अगाडि बढाउने लक्ष्य कम्पनीको रहेको छ।

Muktinath Bikas Bank Limited

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.