काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महासंघको वैशाख २१ र २२ गते सम्पन्न ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नु पर्ने कार्यकारिणी समितिको निर्वाचन प्रयोजनको लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयावधीभित्र मनोनयन पत्र दर्ता भई अन्तिम उम्मेदवारी कायम भएका उम्मेदवारबीच वैशाख २२ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौमा भएको मतदान भएको थियो ।
महासंघको विधानअनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् ।
यस्तै एशोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । उनले १०७९ मत ल्याएर प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ सुब्बालार्इ पछि पारेका हुन् । श्रेष्ठले भने ७५० मत ल्याइन । एशोसियट महिला सदस्यमा भने जुना माथेमा १ हजार १५६ मतका साथ विजयी भएकी छन् ।
यस्तै जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरे ।
वस्तुगततर्फ निर्वाचित हुने एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याएर प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई उछिने । घिमिरेले ६० मत ल्याए ।
यस्तो छ महासंघको नयाँ निर्वाचित कार्यसमिति :







प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।