शुक्रबार, श्रावण २२,२०८३ 10:29:37
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:29:37
Bizshala
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो

नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो
New Office

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ११ करोड ६० लाख घाटामा थियो ।

आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो ।

संस्थाको खुद ब्याज आम्दानी ५.६९ प्रतिशतले बढेको छ । संस्थाले २१ करोड ३६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले २० करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ११ लाख र सञ्चालन मुनाफा २० करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने संस्थाको सञ्चालन मुनाफा ११ करोड ६० लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो ।    

संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड ६ लाख रुपैयाँले रिभर्सल भएको छ । यो अवधिसम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ४३ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने २ अर्ब ४९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ।

यस्तै संस्थाले ३ अर्ब ७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।    

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात २१.३४ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात २०.९० प्रतिशत कायम थियो ।  

तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा २० करोड ५५ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ७०.५५ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)६५.०९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ २२०.१३ रुपैयाँ,मूल्य आम्दानी अनुपात २४.२७ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४३९.५१ रुपैयाँ र तरलता अनुपात २३.२८ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.