बुधबार, कार्तिक ४,२०८३ 04:56:55
  • बुधबार, कार्तिक ४,२०८३ 04:56:55
Global IME Bank Limited

इरानले भन्यो, ‘युद्ध अन्त्यका लागि अमेरिकासँग हाम्रो प्रस्ताव स्वीकार गर्नुको विकल्प छैन’

Bizshala
इरानले भन्यो, ‘युद्ध अन्त्यका लागि अमेरिकासँग हाम्रो प्रस्ताव स्वीकार गर्नुको विकल्प छैन’
New Office

काठमाण्डौ । इरानले युद्ध अन्त्यका लागि अघि सारेको १४ बुँदे प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेपछि दुवै देशबीचको तनाव थप बढेको छ। इरानले भने आफ्नो प्रस्ताव स्वीकार गर्नुबाहेक अमेरिकासँग अर्को विकल्प नरहेको दाबी गरेको छ।

इरानी संसदका सभामुख मोहमद बाघेर घालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी पक्षले इरानी जनताको अधिकार स्वीकार गर्नैपर्ने बताएका हुन्। उनले १४ बुँदे प्रस्तावमा उल्लेख गरिएका मागाहरू नै समाधानको एकमात्र आधार भएको उल्लेख गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गालिबाफले अन्य कुनै पनि उपाय पूर्ण रूपमा असफल हुनेछ भन्दै अमेरिकाले ढिलाइ गरे अमेरिकी करदातामाथि थप आर्थिक भार पर्ने चेतावनी दिएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भएको प्रतिक्रिया दिएका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

इरानी मिडियाका अनुसार पाकिस्तानमार्फत पठाइएको उक्त प्रस्तावमा तत्काल युद्धविराम, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा भविष्यमा इरानमाथि पुनः आक्रमण नगर्ने प्रत्याभूति समावेश गरिएको छ।

हालसम्म १४ बुँदे प्रस्तावको पूर्ण आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.