शुक्रबार, श्रावण २२,२०८३ 07:34:43
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 07:34:43
Bizshala
Global IME Bank Limited

‘अर्थमन्त्री निदाएको’ भाइरल भिडियोबारे स्वर्णिमको स्पष्टीकरण : “टेबुलमुनि फोन हेरेको थिएँ, निदाएको होइन”

‘अर्थमन्त्री निदाएको’ भाइरल भिडियोबारे स्वर्णिमको स्पष्टीकरण : “टेबुलमुनि फोन हेरेको थिएँ, निदाएको होइन”
New Office

काठमाण्डौ । संसद् बैठककै क्रममा ‘अर्थमन्त्री निदाए’ भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन् । उनले बाहिर देखिएको दृश्यलाई आधार बनाएर तत्काल निष्कर्षमा नपुग्न सांसदहरूलाई आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आफू निदाएको नभई अत्यावश्यक सन्देशहरू हेर्दै गरेको बताएका हुन् ।

उनले राष्ट्रपतिको उपस्थितिमा मोबाइल फोन खुला रूपमा हेर्न उपयुक्त नदेखिएकाले टेबुलमुनि राखेर म्यासेज जाँचिरहेको बताए ।

“अर्जेन्ट म्यासेजहरू आइरहेको थियो । माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएकाले टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ,” उनले भने, “तर आज ‘अर्थमन्त्री निदायो’ भनेर दसौं लाख मानिसलाई रमिता भएको छ ।”

उनले सामाजिक सञ्जालमा देखिएका दृश्य र क्लिपहरू सधैं पूर्ण यथार्थ नहुन सक्ने भन्दै ‘जे देखिन्छ, त्यो नै अन्तिम सत्य नहुन पनि सक्छ’ भन्ने चेत राख्न आग्रह गरे ।

अर्थमन्त्रीको उक्त अभिव्यक्ति अहिले पुनः सामाजिक सञ्जालमै चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.