काठमाण्डौ । खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ। यूनियनपे सँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको १ सयभन्दा बढीं आउटलेटहरूमा यूनियनपे को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
चैत्र १४ देखि वैशाख ३० गतेसम्म लागू हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियनपे को क्यूआर खल्तीमार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन्।
विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिने कम्पनीले जनाएको छ । आइएनआइ सिनेमा, न्यू म्यू डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी , मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
साथै अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी छ ।
यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्,‘यूनियनपे सँगको सहकार्यमा खल्तीले नयाँ वर्षको अवसर पारी ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै हामीले ‘क्यासब्याक मेला’ उपलब्ध गराएका छौँ। स्क्यान एन पे मा उपलब्ध भएको यस अफरले धेरै प्रयोगकर्ताहरू सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्न मिल्ने डिजिटल प्रक्रिया सँग परिचित हुनुका साथै टन्नै क्यासब्याकको मज्जा लिन सक्नेछन्। यसका साथै ‘ क्यासब्याक मेला’ अन्तर्गत नयाँ प्रयोगकर्ताहरू पनि डिजिटल भुक्तानी प्रति आकर्षित हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ।’