आईतवार, असार १४,२०८३ 10:54:50
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:54:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पिपुल्स पावर रु.१.८० करोड घाटामा, इपीएस पनि ऋणात्मक

Laxmi Sunrise Bank Limited
पिपुल्स पावर रु.१.८० करोड घाटामा, इपीएस पनि ऋणात्मक

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले पौने २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा ब्यहोरेको हो ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको विद्युत बिक्री आम्दानीमा गिरावट आउँदा नोक्सान ब्यहोर्न पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म ६ करोड ९६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यो कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ३५ लाख  रुपैयाँ मात्रै आम्दानी गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै कम्पनीको प्रशासनिक खर्च उल्लेख्य बढ्दा पनि घाटामा देखिएको हो । समिक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आवको सो अवधिसम्म कम्पनीको यस्तो खर्च शुन्य थियो ।  

सो अवधिसम्म कम्पनीको इपीएस १.९० रुपैयाँ ऋणात्मक रहेको भने बुकभ्यालु १०२.९७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०३.३५ रुपैयाँ रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.