मंगलवार, श्रावण ५,२०८३ 10:31:03
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:31:03
Bizshala
Global IME Bank Limited

चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै

चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ हुँदै
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारत स्थित काउन्सिल फर ईन्टिग्रेटिभ वैद्य ईनोभेसन एण्ड कोलाबरेशन (सिभिक) ले 'इन्टरनेशनल आयुष कन्क्लेभ' आयोजना गर्ने भएको छ । चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो ।  

संस्थाका प्रतिनिधि डा. एम. एम. कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ । उनका अनुसार आयुष क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेष्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राईजि¨ अवार्ड तथा आयुषईन्टरप्राईज अवार्ड प्रदान गरी सम्मान गरिनेछ ।

यसका साथै आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वल्र्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ ।

कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथीलगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा ल्याइनेछ । सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक प्रविधिको प्रयोगबारे समेत जानकारी प्राप्त गर्नेछन् ।

कार्यक्रम आयुष क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउनुका साथै चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यसअघि यस्तै प्रकारको आयुष कन्क्लेभ भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपालमा भने आयुष कन्क्लेभ पहिलो पटक आयोजना हुन लागेको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.