शनिबार, आश्विन ३,२०८३ 09:01:21
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 09:01:21
Bizshala
Global IME Bank Limited

“लगानीकर्ता डराए, अर्थतन्त्र थलिएला”: सरकारलाई एफएनसीसीआईको चेतावनी

“लगानीकर्ता डराए, अर्थतन्त्र थलिएला”: सरकारलाई एफएनसीसीआईको चेतावनी
New Office

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अनुसन्धानको नाममा उद्योगी, व्यवसायी र बैंकका उच्च अधिकारीमाथि भइरहेको पक्राउ तथा सार्वजनिक ‘मिडिया ट्रायल’ विरुद्ध कडा असन्तुष्टि जनाएको छ। महासंघले सरकारकै कार्यशैलीले निजी क्षेत्र आतंकित बनेको संकेत गर्दै यस्तो प्रवृत्ति नरोकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएको हो।

Shivam Cement
Bizshala
CG Motors

महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा प्रारम्भिक अनुसन्धान नै पूरा नगरी व्यवसायीलाई पक्राउ गर्ने, सार्वजनिक रूपमा दोषीझैँ प्रस्तुत गर्ने तथा फौजदारी अभियुक्तसरह व्यवहार गर्ने कार्यले देशको लगानी वातावरण ध्वस्त बनाउने उल्लेख गरिएको छ। “यस्ता गतिविधिले लगानीकर्ता र व्यवसायिक समुदायमा त्रास सिर्जना गरेको छ,” महासंघले भनेको छ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकारीमाथि भइरहेको कारबाहीप्रति महासंघ बढी आक्रोशित देखिएको छ। निक्षेपकर्ताको विश्वासमा टिकेको बैंकिङ प्रणालीमै असर पर्ने गरी भइरहेका कदमले कर्जा प्रवाह संकुचित हुने, लगानी घट्ने र अर्थतन्त्र थप संकटतर्फ धकेलिने चेतावनी महासंघले दिएको छ।

Muktinath Bikas Bank Limited

महासंघले सरकारमाथि अप्रत्यक्ष रूपमा शक्ति प्रदर्शन र ‘डरको राजनीति’ गरिरहेको आरोपसमेत लगाएको छ। अनुसन्धानलाई गोप्य र कानुनी प्रक्रियाभित्र सीमित राख्नुपर्नेमा सार्वजनिक प्रदर्शन र मिडिया ट्रायलमार्फत व्यवसायिक प्रतिष्ठामाथि आक्रमण भइरहेको महासंघको भनाइ छ। “कसुर प्रमाणित नहुँदै दोषीझैँ व्यवहार गर्नु संवैधानिक मूल्यविपरीत हो,” विज्ञप्तिमा उल्लेख छ।

चार वर्षदेखि थलिएको अर्थतन्त्र बल्ल विस्तारै चलायमान बन्न खोजिरहेका बेला सरकारकै गतिविधिले निजी क्षेत्र पुनः निरुत्साहित बनेको महासंघको निष्कर्ष छ। लगानीकर्ताले सुरक्षित महसुस गर्ने वातावरण बनाउन नसके आर्थिक पुनरुत्थानको सरकारी नारामात्रै खोक्रो सावित हुने संकेत महासंघले गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.