सोमबार, जेष्ठ ४,२०८३ 11:25:40
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:25:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनले वार्षिक १७ अर्ब डलरबराबरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने

Laxmi Sunrise Bank Limited
चीनले वार्षिक १७ अर्ब डलरबराबरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने
Shivam Cement

काठमाण्डौ । अमेरिका र चीनबीच कृषि व्यापार विस्तारका लागि महत्वपूर्ण सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनफिङबीच गत साता भएको उच्चस्तरीय भेटवार्तापछि चीनले सन् २०२६, २०२७ र २०२८ मा हरेक वर्ष कम्तीमा १७ अर्ब अमेरिकी डलरबराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको हो।

ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार उक्त प्रतिबद्धता सन् २०२५ अक्टोबरमा चीनले गरेको सोयाबिन खरिद सम्झौताभन्दा अलग रहेको उल्लेख गरिएको छ।

Bizshala
New Office
CG Motors

दुवै देशबीच पछिल्लो समय चर्किएको व्यापार तनाव र पारस्परिक कर वृद्धिका कारण अमेरिकी कृषि निर्यातमा उल्लेखनीय गिरावट आएको थियो। अमेरिकी कृषि विभागको तथ्यांकअनुसार सन् २०२५ मा चीनतर्फको अमेरिकी कृषि निर्यात ६५.७ प्रतिशतले घटेर ८.४ अर्ब डलरमा सीमित भएको थियो।

विशेषगरी सोयाबिन व्यापारमा चीनले अमेरिकामाथिको निर्भरता क्रमशः घटाउँदै आएको छ। सन् २०१६ मा चीनले आयात गर्ने कुल सोयाबिनमध्ये ४१ प्रतिशत हिस्सा अमेरिकाबाट आउने गरेकोमा सन् २०२४ सम्म आइपुग्दा उक्त हिस्सा घटेर करिब २० प्रतिशतमा झरेको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

नयाँ सहमतिअनुसार चीनले अमेरिकी नियामक निकायहरूसँग सहकार्य गर्दै अमेरिकी गाईको मासु उत्पादन गर्ने संस्थामाथि लगाइएका प्रतिबन्ध हटाउने तथा बर्ड फ्लु नियन्त्रणमा रहेको घोषणा गरिएका अमेरिकी राज्यहरूबाट कुखुराजन्य उत्पादन आयात पुनः सुरु गर्ने जनाएको छ।

यसैबीच, दुवै मुलुकले ‘यूएस–चाइना बोर्ड अफ ट्रेड’ र ‘यूएस–चाइना बोर्ड अफ इन्भेस्टमेन्ट’ गठन गर्ने घोषणा गरेका छन्। यी संयन्त्रमार्फत कृषि उत्पादनको बजार पहुँच, लगानी तथा व्यापारसम्बन्धी विवाद समाधानका विषयमा छलफल गरिने बताइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.