शनिबार, श्रावण २,२०८३ 09:29:21
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:29:21
Bizshala
Global IME Bank Limited

तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न, विजेताले पाए रु.६० हजार

तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न, विजेताले पाए रु.६०  हजार
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको तेश्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता तथा इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन् ।

प्रतियोगिताको विजेताले जनही ६० हजार तथा उपविजेताले जनही ४० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’बाट छनोट भएका १० वटा क्लस्टर तथा सव क्लस्टरका दुई–दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गर्नुभएका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

सांग्रिला क्विजका विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के र रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्र बहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.