बुधबार, असार १०,२०८३ 03:11:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:11:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा, १०० विद्यार्थीले निःशुल्क अध्ययन अवसर पाउने

Laxmi Sunrise Bank Limited
‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा, १०० विद्यार्थीले निःशुल्क अध्ययन अवसर पाउने

काठमाण्डौ । एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ ।

युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको हो ।

New Office
CG Motors
Garima Development Bank

फाउन्डेसनका अनुसार छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्तामार्फत छनोट गरिएका विद्यार्थीलाई प्रदान गरिनेछ । आर्थिक रूपमा कमजोर तर क्षमता भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

छात्रवृत्तिसँगै विद्यार्थीहरूले १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले अध्ययन तथा अवसरहरूसँग निरन्तर जोडिन सहयोग पुग्ने फाउन्डेसनको विश्वास छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्का ले शिक्षा देशको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको उल्लेख गर्दै भौगोलिक अवस्था वा आर्थिक परिस्थितिका कारण युवाहरूको भविष्य सीमित हुन नहुने बताइन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत अवसरबाट वञ्चित तर प्रतिभाशाली विद्यार्थीहरूसम्म पुग्ने प्रयास भइरहेको पनि बताइन् ।

हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ कार्यक्रमले थप ५० जना विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीलाई शैक्षिक अवसर उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष पनि यस कार्यक्रममार्फत ५० जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए । उनीहरू हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.