बुधबार, असार १०,२०८३ 10:32:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:32:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिलो ईभी कार लञ्च गरेसँगै फेरारीको सेयरमूल्यमा तीव्र गिरावट

Laxmi Sunrise Bank Limited
पहिलो ईभी कार लञ्च गरेसँगै फेरारीको सेयरमूल्यमा तीव्र  गिरावट

काठमाण्डौ । इटालीको प्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीको सेयरमूल्यमा तीव्र गिरावट आएको छ । आफ्नो पहिलो पूर्ण विद्युतीय (ईभी) सुपरकार ‘लुचे’ सार्वजनिक गरेसँगै कम्पनीको सेयरमूल्यमा आज गिरावट देखिएको हो ।

कम्पनीको सेयरमूल्य ६.५ प्रतिशतले घटेको छ । मिलानमा सूचीकृत कम्पनीको सेयरमूल्य विगत १ वर्षको अवधिमा ३१ प्रतिशत बढीले घटिसकेको छ ।

कम्पनीका सीईओ बेनेडेट्टो भिग्नाले् कम्पनीको पहिलो ईभी सुपरकारलाई महत्वपूर्ण उपलब्धि भन्दै यसलाई नयाँ अध्यायको रुपमा परिभाषित गरेका छन् । तर कम्पनीको कारप्रति मिश्रित प्रतिक्रियाका कारण कम्पनीको सेयरमूल्य घट्न पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

बजारमा कम्पनीको नयाँ कारको डिजाइनप्रति अधिकांशको नकारात्मक धारणाका कारण सेयरमूल्य घट्न पुगेको विश्लेषण गरिएको छ । कतिपय फ्यान्सहरुले भने कम्पनीको ईभी कन्सेप्टलाई नै मन पराएका छैनन् । यसले कम्पनीले पहिले बनाएको सुपरकार निर्माताको छबिलाई नै धुमिल्याउने कतिपयको तर्क छ ।

कम्पनीका कतिपय लगानीकर्ता समेत ईभी मोडलको विकासप्रति भयभित देखिन्छन् । ईभी मोडलको विकास तथा अनुसन्धान खर्च बढी हुने र यसलाई कम्पनीको ब्राण्ड बचाई राख्न कठिन हुने उनीहरुको तर्क रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ ‘लुचे’ मा प्रत्येक पाङ्ग्रामा फेरारीकै निर्माण गरिएको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले कारलाई करिब २।५ सेकेन्डमै ६० माइल प्रतिघण्टा (९६ किमि प्रतिघण्टा) को गति दिन सक्षम बनाउँछ। कम्पनीले यसका सबै प्रमुख कम्पोनेन्ट आफ्नै कारखानामा उत्पादन गरिएको दाबी गर्दै भविष्यमा मर्मत तथा पुनःबिक्री मूल्य सुरक्षित रहने जनाएको छ।

करिब ६ लाख ४० हजार अमेरिकी डलर मूल्य पर्ने यो नयाँ मोडेल फेरारीको इतिहासमै पहिलो पाँच सिट भएको कार हो।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.