मंगलवार, आश्विन १३,२०८३ 03:19:46
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 03:19:46
Bizshala
Global IME Bank Limited

२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि

Bizshala
२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि
New Office

काठमाण्डौ । नेपालको कुल जनसंख्याको करिब २६.२ प्रतिशत जनसंख्या सेयरबजारमा आबद्ध भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेश गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा २०८२ को फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ ।  

सरकारको आर्थिक सर्वेक्षणअनुसार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ । चालु आवको फागुन मसान्तसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन (टीएमएस) लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हकजार ४६२ पुगेको छ । गत आवको सोही अवधिसम्म यस्तो संख्या २५ लाख ४९ हजार ६९६ रहेको थियो ।  

यसर्थमा एक वर्षको अवधिमा दोस्रो बजारमा लगानीकर्ताको संख्या २४.८२ प्रतिशतले बढेको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

२०८२ को असार मसान्तसम्म भने डिम्याट खाता खोल्नेको संख्या ६९ लाख ९७ हजार रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  

साथै २०८२ असारसम्म मेरो सेयरको खाताको संख्या ५९ लाख ७६ हजार रहेकोमा २०८२ फागुन मसान्तसम्म ६६ लाख १३ हजार पुगेको छ । यो संख्या कुल जनसंख्याको करिब २२.७ प्रतिशत हो ।  

त्यस्तै, चालु आवको फागुन मसान्तसम्म सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकृत धितोपत्रको संख्या गत आवको सोही अवधिसम्मको तुलनामा २३.६ प्रतिशतले वृद्धि भई १५ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पु्गेको छ ।  

यस अवधिमा धितोपत्र अभौतिकृत गर्ने कम्पनीको संख्या २७३ पुगेको छ भने निक्षेप सेवा प्रदान गर्न चालु आवको फागुनसम्म सिडिएससीको सदस्यता प्राप्त गर्ने निक्षेप सदस्यको संख्या १२२ पुगेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.