बुधबार, श्रावण ६,२०८३ 07:18:14
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:18:14
Bizshala
Global IME Bank Limited

मुकेश अम्बानीले लगातार ६ वर्षसम्म लिएनन् तलब, सेयर लाभांशबाट करिब ४ हजार करोड भारु कमाए

मुकेश अम्बानीले लगातार ६ वर्षसम्म लिएनन् तलब, सेयर लाभांशबाट करिब ४ हजार करोड भारु कमाए
New Office

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष भारतीय धनाढ्य मुकेश अम्बानीले लगातार छैटौं वर्ष पनि कम्पनीबाट कुनै तलब नलिएको खुलासा भएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५/२६ मा उनको तलब, भत्ता, अलाउन्स तथा अवकाश सुविधा पूर्ण रूपमा शून्य रहेको छ।

कोरोना महामारीको समयमा सन् २०२० मा उनले देशको आर्थिक तथा औद्योगिक अवस्थालाई ध्यानमा राख्दै स्वेच्छाले आफ्नो तलब त्याग्ने निर्णय गरेका थिए। त्यसयता उनले लगातार बिना तलब कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्।

हाल उनको आम्दानीको मुख्य स्रोत कम्पनीबाट प्राप्त हुने लाभांश बनेको छ। रिलायन्स इन्डस्ट्रिजले आर्थिक वर्ष २०२५/२६ का लागि प्रतिसेयर ६ भारु लाभांश घोषणा गरेको छ। मुकेश अम्बानीको व्यक्तिगत स्वामित्वमा रहेको १.६१ करोड सेयरबाट उनले करिब ९.६६ करोड भारु लाभांश प्राप्त गर्नेछन्।

यस्तै, अम्बानी परिवारद्वारा नियन्त्रण गरिएको प्रवर्द्धक समूहसँग रिलायन्सको ५०.०७ प्रतिशत अर्थात् ६६४.५ करोड सेयर रहेको छ, जसबाट करिब ३ हजार ९८७ करोड भारु लाभांश आम्दानी हुने अनुमान गरिएको छ। यसरी कुल लाभांश आम्दानी करिब ३ हजार ९९६.६६ करोड भारु पुग्ने देखिएको छ।

यसबीच, अनन्त अम्बानीलाई आर्थिक वर्ष २०२५/२६ मा १२.१७ करोड भारु पारिश्रमिक प्राप्त भएको छ, जसमा २.२९ करोड भारु कमिसन समावेश छ। मुकेश अम्बानीका सन्तान आकाश अम्बानी र ईशा अम्बानीले भने बोर्ड बैठक भत्ता र नाफा कमिसन मात्र लिएका छन्।

कम्पनीको वित्तीय प्रदर्शनतर्फ हेर्दा, आर्थिक वर्ष २०२५/२६ को चौथो त्रैमासमा रिलायन्स इन्डस्ट्रिजको खुद नाफा १३ प्रतिशतले घटेर १६ हजार ९७१ करोड भारुमा सीमित भएको छ। यद्यपि, सो अवधिमा कम्पनीको कुल राजस्व भने १३ प्रतिशतले वृद्धि भएर २।९८ लाख करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.