शनिबार, असार १३,२०८३ 06:09:37
Bizshala
  • शनिबार, असार १३,२०८३ 06:09:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकले चौथो सांग्रिला साइकल र्याली आयोजना गर्ने

Laxmi Sunrise Bank Limited
सांग्रिला डेभलपमेन्ट बैंकले चौथो सांग्रिला साइकल र्याली आयोजना गर्ने

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको चौथो सांग्रिला साइकल र्याली यही जेठ २३ गते आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली शनिबार आयोजना हुन लागेको हो ।

र्याली, काठमाण्डौको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजेदेखि शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

‘राइड फर अ ग्रिनर टुमारो’ नामक नाराका साथ आयोजना हुन लागेको यो साइकल र्याली करिब १४ किलोमिटरको हुनेछ ।

र्यालीमा सहभागी हुन ह्वाट्स नम्बर स्क्यान गरी नाम दर्ता गराउन सकिनेछ।  र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट माउन्टेन बाइक प्रदान गरिने बैंकले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकले दिगोपना, स्वास्थ्य र वातावरणीय जिम्मेवारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसअघि पहिलो, दोश्रो र तेश्रो साइकल र्याली आयोजना गरिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.